नेपाली राष्ट्रिय पुरुष फुटबल टोली



नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसिया र चिनियाँ ताइपेइसँग दुई मैत्री खेल खेल्न लागेको छ । जेठ १९ गते मलेसियासँग र जेठ २३ गते चिनियाँ ताइपेइसँग खेल्ने कार्यक्रम रहेको छ । बिहीबार टोलीलाई विदाइ गरिएको छ र हिजै टोली मलेसियाको लागि प्रस्थान गरेको थियो । नेपाली टोलीमा गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु, डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवी सिलवाल तथा मिडफिल्डर÷फरवार्डमा तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रवि पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ रहेका छन् ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्