चेल्सी यूरोपा लिग च्याम्पियन



लन्डन, (एजेन्सी)
चिरपरिचित प्रिमियर लिगको प्रतिद्वन्दी आर्सेनललाई हराउँदै चेल्सी यस सिजनको युरोपा लिग च्याम्पियन बनेको छ ।

अजरबैजानको राजधानी बाकुमा बुधबार राति एक सांगीतिक कार्यक्रमपछि भएको फाइनल खेलमा चेल्सीले आर्सेनललाई ४–१ को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । टोलीको जितमा इडेन हजार्डले २ तथा ओलिभर जिरुड र पेड्रो रोड्रिग्वेजको समान १–१ गोल गरे । आर्सेनलका एलेक्स इओवीले एक गोल फर्काएका थिए ।

पहिलो हाफ प्रतिस्पर्धात्मक बनेपनि दोस्रो हाफमा चेल्सीले एकपक्षीय नियन्त्रण बनाउदा आर्सेनल निरिह बनेको थियो । ४९औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा सुरुवाती अग्रता दिलाए । ६०औ मिनेटमा पेड्रोले गोल गदै चेल्सीलाई २–० को अग्रता दिलाए ।

६५ औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत् गोल गरेपछि चेल्सीले अग्रता तेब्बर बनायो । ६९औं मिनेटमा इओवीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । तर ३ मिनेटपछि हजार्डले जिरुडको पासमा गोल गरेपछि चेल्सीको उपाधि पक्का भएको थियो ।

प्रतिक्रिया दिनुहोस्