मुस्किल छ, मौलिकता जोगाउन




रवीन्द्र महर्जन ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष हुनुहुन्छ । स्थानीय तहको पुनःसंरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको खोकना ललितपुरको जावलाखेलबाट करिब ७ कि.मी दुरीमा अवस्थिति रहेको छ । काठमाडौं उपत्यकाका ऐतिहासिक बस्तीको रुपमा रहेको खोकनाको आफ्नै विशेषता र समस्याहरु रहेका छन् । धार्मिक ,सांस्कृतिक पर्यटकीय दृृष्टिले महत्वपूर्ण रहेको खोकनाको विकास, चुनौती बारे वडाअध्यक्ष महर्जनसंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित विवरण:

० एक वर्षभित्रमा गर्नुभएको मुख्य मुख्य कामहरु के के हुन् ?
एक वर्षभित्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधारतर्फ थुप्रै कामहरु भएको छ ।खानेपानीको क्षेत्रमा महत्वपूर्ण कामहरु यसै वर्ष सम्पन्न भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहकार्यमा खानेपानी. लि सैंबु शाखा कार्यालयदेखि खोकना दोबाटोसम्म ४ इन्चको नया“ खानेपानी पाइप लाईन विस्तार भएको छ ।

त्यसैगरी ३५ वर्ष अगाडिदेखि खोकनाका कृषकहरुको खेतबाट जडान गरिएको खानेपानी पाईपलाईन तरक्वःको चौबाटोदेखि खोकना दोबाटोसम्म स्थान्तरण गरी बाटो विस्तार गर्ने कार्य प ियसै वर्ष सम्पन्न भएको छ ।
खोकना राजकुलोको सोहखुट्टे मूलबाटो मुनिको जीर्ण अवस्थामा रहेको राजकूलोमा ३६ इन्चको ह्युमपाईप राख्ने कार्य शुरु हुने अवस्था रहेको छ । खोकनाको केन्द्रमा रहेको रुद्रायणी मन्दिरको अगाडिको सांस्कृतिक बाज पाटी पुनःनिर्माणको लागि सनराईज बैक लिमिटेडबाट १० लाख सहयोग प्राप्त भएको छ ।

० काम गदै जाँदा के कस्तो समस्या भोग्नुप¥यो ?
बाटो विस्तारका थुप्रै समस्याहरु भोग्नुप¥यो । स्थानीयस्तरमा हुने विरोध, मुआब्जा नपाउने,वा कम पाउने अवस्थाले उत्पन्न विवादहरु सामना गर्नुप¥यो ।त्यसैगरी फास्ट ट्रयाकं, स्मार्ट सिटी, हाईटेनसन लाईन, वाग्मती कोरिडोर जस्ता राष्ट्रिय स्तरका योजनाहरु कार्यान्वयनका क्रममा स्थानीयको निजी सम्पति, खोकनाको सांस्कृतिक, ऐतिहासिक महत्वप्रति संवेदनहीन हुने कारणले उत्पन्न समस्याको व्यवस्थापनमा निकै समस्या सामना गर्नुपरिरहेको छ ।

अहिले ती योजना कार्यान्वयनमा अधिकांश खोकनावासीको कृषियोग्य जग्गा परेकोे र त्यसको उचित मुआब्जा नआएको, पुरात्तात्विक महत्वका सम्पदा र धार्मिक स्थलहरू विनाश हुने खतरा रहेको भन्दै स्थानीयवासीले विरोध गरिरहेका छन् । यसलाई सल्टाउन निकै कठिनाई भइरहेको छ ।

ती योजना कार्यान्वयनमा स्थानीय तहलाई बेवास्ता गर्ने र स्थानीयको गुनासो सुनेर पनि केही गर्न नसक्ने अवस्था रहेको छ । संविधानले स्थानीय तहलाई राज्यको तीन तह मध्ये एक भनेको छ । व्यवहारमा निकै बेवास्ता गरेको अनुभव गरेका छौं । काम गर्दै जा“दा धेरै पटक यस्तो महसुश गरे

तेस्रो मुख्य समस्या भनेको पुनःनिर्माणको हो । बैशाख १२ गतेको विनाशकारी भूकम्पले खोकनाको पुरै बस्ती ध्वस्त भएको थियो । । सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन्। सांस्कृतिक सम्पदा पुनःनिर्माणस“गै भूकम्प पीडितहरूको पुनःस्थापना विषय एउटा महत्वपूर्ण समस्या हो। त्यसको पुनःनिर्माण, सरकारी अनुदान पाउन खेप्नुपर्ने झन्झट पनि अर्को महत्वपूर्ण समस्याको रुपमा रहेको छ ।

खोकना जस्तो ऐतिहासिक बस्तीको मुख्य समस्या के के हुन् ?
मुख्य समस्या भनेको यहा“को संस्कृति, सम्पदा, सांस्कृतिक भूमीको अतिक्रमण हुनबाट बचाउने, संरक्षण, प्रर्वद्धन गर्ने मुख्य चुनौती रहेको छ ।राज्यले अवलम्बन गर्ने विकासको अवधारणामा सांस्कृतिक मैत्री नहुनाले थुप्रै समस्यासंग जुध्नुपरिरहेको छ । खोकनावासीले भोग्नुपरिरहेको समस्यालाई राज्यले बेवास्ता गरिरहेको छ ।स्वास्थ्य, सरसफाई कायम गनुपर्ने चुनौती पनि रहेको छ ।

सांस्कृतिक संरक्षणमा के के काम गर्नुभयो त ?
विभिन्न पर्व, गुठी, नाच सञ्चालनको लागि वडाले यथोचित सहयोग गर्दै आएका छौं ।यो वर्षपनि मूर्त र अमूर्त संस्कृतिको निरन्तरताको लागि वडाले सहयोग गरेका छौं । वडाको प्रयास मात्र पर्याप्त छैन।त्यसको लागि महानगरपालिका, प्रदेश र संघको ध्यानाकर्षण हुनु जरुरी रहेको छ । वडा कार्यालयको सहयोगमा रुद्रायणी जात्रामा सरकारी पुजा, धंज्या पुजा, देः पूखु“ जात्रा, यञा“ पून्हि, देय् भ्वय् वर्षेनी सञ्चालन हु“दै आएको छ ।

त्यसैगरी राजकुलो सञ्चालनको निरन्तरता, र विविध कार्यक्रमको लागि सहयोग गर्दै आइरहेका छौं। रुद्रायणी सिकाली द्यो खलःको सम्मान पनि संस्कृति संरक्षणमा महत्व पूर्ण कामको रुपमा लिएका छौ. । संस्कृति संरक्षणमा परम्परागत बाजा गुरु, द्यो खलः गुठीयारको महत्वपूर्ण भूमिका हुने गर्दछ । उहा“हले संस्कृति संरक्षणमा पु¥याउनुभएको योगदानलाई कदर गर्दै जीवनस्तर सुधार गर्न राज्यले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।द्यो खलः, गुठीयारहरुलाई सम्मान र सामाजिक सुरक्षाको लागि वडा, नगरपालिकाले विशेष भूमिका निर्वाह गर्नुपर्दछ ।आउ“दो आर्थिक वर्ष रुद्रायणी सिकाली द्यो खलःका गुरुहरुलाई भत्ता दिने व्यवस्था मिलाउने सोच अघि सारेका छौं ।

० ऐतिहासिक महत्व रहेको खोकनाको विकासमा संघ, प्रदेशबाट के कस्तो सहयोग पाईरहनुभएको छ ?
यस वर्ष पूर्वाधार विकासतर्फ ५६ वटा योजनाहरु सञ्चालन भएको छ । ती मध्ये ३२ वटा वडास्तरीय, १६ वटा नगरस्तरीय, ३ ÷ ३ वटा प्रदेशसभा कोष र काठमाडौं उपत्यका विकास प्राधिकरण र १ संघीय संसद् कोषको योजना रहेका छन् ।१० करोड ३४ लाख ५६ हजार ६५ रुपैया“ बराबरको कामहरु यस वर्षभित्र सम्पन्न भएको छ ।

० वडाबाट कति राजस्व संकलन भएको छ ?
मालपोत करबाट ४ लाख ९७ हजार ४७ रुपैया“, सिफारिश दस्तुरबाट १६ लाख ४३ हजार रुपैया“ २ सय ८ रुपैया“, घरजग्गा, व्यवसाय,नक्सापास दस्तुर जरिवाना वापत र महानगरपालिकाको राजस्व शाखाबाट संकलित ६६ लाख ३७ हजार ४ सय ७२ रुपैया“ गरी ८७ लाख ७७ हजार ७ सय २८ रुपैया“ राजस्व वडाबाट संकलन भएको छ ।


० महानगरपालिकाले अपेक्षाकृत काम गर्न नसकेको गुनासो सुनिन्छ । यसलाई कार्यपालिकाको सदस्यको रुपमा कसरी लिनुभएको छ ?
अपेक्षाकृत काम गर्न नसकेको सर्वसाधारणको गुनासो मात्र नभई कार्यपालिका सदस्यहरुले पनि अनुभूत गर्दै आएको कुरो हो । पदभार सम्हालेको पनि दुई वर्ष भइसकेको छ । जनताले सोच जस्तो काम हुन नसक्नुको मुख्य कारण नेतृत्वको सोचको कमीले हो ।नेतृत्वले अहिलेसम्म के महत्वपूर्ण भिजन अघि सारेको छ ? नेतृत्वको आत्मबल र नगर विकास गर्ने सोचको कमी रहेको छ । अर्को समस्या भनेको नेतृत्व र कार्यपालिकाका सदस्यबीच समन्वयको अभाव हो ।कुनै पनि योजनाको कार्यान्वयन व्यक्ति एक्लैले गर्ने होइन ।सबै मिलेर गर्ने हो । त्यसका लागि त समन्वय गर्नुप¥यो नि ।यसले गर्दा अपेक्षाकृत र देखिने गरी महानगरपालिकाले काम गर्न नसकेको जस्तो लाग्दछ ।

० वडाको विकासमा वडाबासीको अपनत्व बढाउने के के कार्य गर्नुभयो ?
वडाको विकासमा वडाबासीको अपनत्व भएन भने विकास हुन सक्दैन, भएपनि दिगो हु“दैन । अपनत्व दिलाउन वडाको कामकारवाही पारदर्शी, जवाफदेही र विकासमा स्थानीयको सक्रिय सहभागी हुनुपर्दछ । हरेक वर्ष वडाले सम्पन्न गरेका कामहरु सार्वजनिक रुपमा सार्वजनिक गर्दै आएको छु ।एक साता अघि रुद्रायणी सिकाली द्यो खलःका गुरुलाई सम्मान गर्ने कार्यक्रममा एक वर्षभित्रमा भएगरेका कार्य, लागत खर्च सार्वजनिक ग¥यौ ।

यस्ता कार्यले वडाको काममा जनताको विश्वास बढ्ने छ । वडाबासीसंग छलफल गरेर कार्य सञ्चालन गर्ने परिपाटी बसालेका छौं । आगामी आर्थिक वर्षको लागि योजना संकलन कार्य गरिरहेका छौं।सूचनाको हकलाई सम्मान गर्दै जवाफदेही संस्कार बसाल्न हरसम्भव प्रयास गरिरहेका छौं ।

० स्थानीय तहको दायित्वभित्र रहेको कार्य सांसद् विकास कोष मार्फत भइरहनुलाई कसरी लिनुभएको छ ?
सांसद् विकास कोष, प्रदेश सभा कोषले स्थानीय तहको विकासलाई गति दिएको छ । ती बजेट स्थानीय तहसंंग समन्वय गरेर खर्च भइरहेको छ । त्यसैले यसलाई विरोध गर्नुपर्ने खा“चो छैन ।

प्रतिक्रिया दिनुहोस्