एक्सन निर्देशक बिरुको निधन



बलिउडका ख्यातिप्राप्त द्वन्द्व निर्देशक तथा अभिनेता अजय देवगनका पिता बिरु देवगनको निधन भएको छ।

केही समययता बिरामी रहेका उनको हृदयघातका कारण मुम्बईमा सोमबार निधन भएको हो। भारतीय सञ्चार माध्यमका अनुसा उनको निधनको खबर बाहिरिएपश्चात् उनको घरमा बलिउडका हस्तीहरू पुगेका थिए भने विभिन्न सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली दिएका थिए।

सन् १९६७ मा स्टन्टम्यानका रूपमा फिल्म अनितामार्फत करियर शुरू गरेका उनले बलिउड फिल्मको एक्सन सिनमा नयाँ आयाम थपेका थिए। केही फिल्ममा आफ्नो एक्सन तथा स्टन्टको कारण लाखौं दर्शकको मन जितेका थिए। फिल्म रोटी कपडा और मकानमा अमिताभ बच्चनद्वारा एक हातले गरेको स्टन्टको कोरियोग्राफर बिरु थिए। जुन सिनको कारण बिरु रातारात हिट भएका भए।

उनले फिल्म हिन्दुस्तान कि कसम निर्देशन गरेका थिए भने केही फिल्ममा निर्माता तथा सहनिर्देशकका रूपमा पनि काम गरेका थिए। उनले फिल्म क्रान्ति, सिंहासन तथा सौरभमा अभिनयसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्