प्रतियोगितामा एसईई सुन्दरीहरू



विभिन्न वर्ग र उमेर समूहका लागि सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता गर्दै आएको स्टार वान इन्टरटेन्मेन्ट प्रालिले हरेक वर्षभैंm यस वर्ष पनि मिस टिन एसईई प्रतियोगिता आयोजना गर्ने भएको छ। इन्टरटेन्मेन्टले आगामी जेठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघर पाँचौं संस्करणको यो प्रतियोगिता आयोजा गर्न लागेको हो।

आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले एसईई दिएर बसेका किशोरीहरूमा व्यक्तित्व र आत्मविश्वास वृद्धि गर्न तथा उच्च शिक्षा हासिल गर्न सहायक सिद्ध होस्् भन्ने उद्देश्यले मिस टिन एसईई २०१९ आयोजना गर्न लागेको जानकारी गराइन्।

बालकृष्ण पोखरेलको पेजेन्ट निर्देशन, सम्राटप्रसाद शाहको संयोजन र अश्विनी झाको कार्यक्रम सञ्चालन तथा कोरियोग्राफीमा हुने प्रतियोगितामा कृष्टिलिना स्थापित, श्रुति पौडेल, समिका काप्mले, अस्मिता श्रेष्ठ, कृतिका केसी, बबिना खड्का, जस्मिन सुनार, सुविधा अधिकारी, अनुष्का घिमिरे, अभिना केसी, अञ्जु श्रेष्ठ, प्रियस्का खड्का, सोफिया प्रसाईं, सिम्रन शाही ठकुरी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, सेलिना जोशी, स्वीकृति पराजुली, कृति सिंखडा, लिना तामाङ, कशिस जैसवाल, प्रिती गिरी र सिम्रन देवले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगीहरू हाल नयाँ वानेश्वरस्थित होटल रानी महलमा विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्