एनआईसी एसिया बैंकको नयाँ शाखा विराटनगर र धरानमा खुल्यो



काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नया“ शाखा सञ्चालनमा ल्याएको छ ।

विराटनगर महानगरपालिका– १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल र धरान उपमहानगरपालिका– १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको बैंकका अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले उद्घाटन गर्नुभएको छ ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवम् २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्