अभिनेता अजय देवगनलाई पितृशोक



काठमाडौं । बलिउड अभिनेता अजय देवगनलाई पितृशोक परेको छ । कुनै जमानामा बलिउड चलचित्र उद्योगका एक्सन डाइरेक्टर विरु देवगनको हृदयघातका कारण निधन भएको हो ।
केहि दिन अगाडी बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरिएको भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन् । उनको साँझ ६ बजे अन्त्यष्टि गरिने बताइएको छ ।
विरु देवगनले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् । ७७ वर्षे विरुले १ सय ५० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्