अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु भेटियो



अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु भेटिएको छ ।

सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

आजको बन्दलाई लक्षित गरेर विप्लव समूहले उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु बम हो वा होइन यकिन भइनसकेको र डिस्पोजल गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्