सुरुंगामा सिभिल बैंकको शाखा



काठमाडौं, (नेस)
सिभिल बैंकले झापा जिल्लाको सुरुंगामा नया“ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गर्नुभएको छ । सिभिल बैंकको सुरुगा शाखासहित कुल शाखा संख्या ७५ पुगेकोे पनि बैंकले जनाएको छ ।

उक्त शाखा उद्घाटन कार्यक्रममा मेयर राजेन्द्रकुमार पोखरेल, उप मेयर मञ्जु शर्मा, कन्काई उद्योग वाणीज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख माइक्रो बैंकिङ यूवराज गुरागाईं, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्