भन्सार छली भएको मुसुरो दल बरामद



वीरगन्ज, (नेस)
पर्साको अलौबाट मुसुरो दालसहित ३ वटा ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध रुपमा भारतर्फ जा“दै गरेको ट्याक्टरलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले शनिबार राति १० बजे नियन्त्रणमा लिएको हो।

तस्कर संगठनहरूले विभिन्न नाका प्रयोग गरी तस्करी गर्दै आइरहेको सूचना आउन थालेपछि सादा पोशाकमा टोली परिचालन गरिएको प्रदेश नम्बर २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । ना. १ त ३८५५, ना. १ त ५३८५ र ना १ त ५४०७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा आएका ट्रयाक्टर चालकलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी विभिन्न ठाउ“बाट अवैध तरिकाले भित्रिएको कपडा समेत बरामद गरिएको डीआइजी श्रेष्ठले जानकारी दिनुभयो । बाहिनीबाट खटिएको टोलीले भारतबाट अवैध तरिकाले नेपाल भित्रि“दै गरेको करिब ४ लाख बराबरको कपडा बरामद गरेको हो। भारतबाट अवैध तरिकाले नेपाल भित्रि“दै गरेको अवस्थामा इनरवाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्