सुकेधारा बम विस्फोटका ७ तस्वीरसहित भिडियाे हेर्नुहाेस्



काठमाडाैँ ।

सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । उक्त विस्फोटमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले शंका गरेको छ ।

नेपाल प्रहरीको उच्च स्रोतले दुवै ठाउँको विस्फोटमा विप्लव समूहको संलग्नता रहेको जनाएको छ ।

प्रहरीले अनामनगर विस्फोटमा घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि पुष्टि गरेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै प्रहरीले सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ । प्रहरीका अनुसार विस्फोट भएको दुवै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक कसैकाे पनि सनाखत हुन सकेकाे छैन ।

तस्वीरः अनिल आङ्देम्बे

 

विस्फाेट भएकाे ठाउँकाे भिडियाेः

प्रतिक्रिया दिनुहोस्