के–पप फेस्टिवल सम्पन्न



काठमाडौं ।
नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन र नेपालमा कोरियन बेभको विस्तारका साथसाथै कोरिया र नेपाल दुई देशका नागरिक बीच जनस्थरमा सम्वन्ध विस्ताार गर्ने उदेश्यका साथ के–पप वल्ड फेष्टिवल प्रतियोगिता आयोजना गरिएको छ ।
राजधानमिा शनिवार करिव ५ सयको संख्यामा उपस्थित दर्शकहरुका बीचमा आर्मि अफिसर्स क्लवमा प्रतियोगिया आयोजना गरिएको थियो । प्रतियोगीतमा बाग्मती बोर्डिङ स्कूलबाट छनोट भएको १५ समूहले संस्कृतिक प्रस्तुति प्रर्दशन गरेका थिए । प्रथम प्रथम देरक पप द्धितिय के्रडो इन कृयू तृतिय विएमके पूरुष समूहले जितेको थियो प्रतियोगीतमा प्रथम द्धितीय र तृतिय हुनेलाई क्रमश ५० हजार,३० हजार र २० हजार पुरस्कार वितरण गरिएको थियो ।

गणतन्त्र कोरियाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष सांस्कृतिक तथा खेलकुद मन्त्रालय छाङ्वन शहर र केविएस टेलिभिजन सँग संयुक्त रुपमा प्रतियोगीता आयोजना गर्ने गरेको छ ।

के–पपको माध्यमबाट आपसमा फरक संस्कृति भएको बीचमा पनि एकतावद्ध गर्ने आधार निमार्ण गरी के–पप फेष्टिवलमा आवद्ध टिमहरु स्वतःस्फुत रुपमा सहभागी हुने अवसर नेपाल स्थित गणतन्त्र कोरियाली दूतवासले प्रदान गरिरहेको छ ।

नेपाल र कोरिया दुई देशका जनता संगीत र नृत्यको माध्यमबाट आफन्तहरुको खुशी र सुखत क्षण विताई रहेको नियाल्दा हामी एक आपसमा समान संस्कार भएको महशुस गरेको दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले प्रतियागीहरु लाई सम्वोधन गदै भन्नुभयो ।

नेपालमा रहेको कोरियाली दूतवासले यस के–पप फेष्टिबलको माध्यमबाट दुई देशका नागरिले आपसमा एक अर्कालाई बुझ्ने, दुई देशको आवत जावतमा सकरात्मक सम्वन्ध विस्तारमा विकशित हुदैँ जाने विश्वास लिएको राजदुत सिकको भनाई छ ।के–पप संस्कृतिलाई नेपालमा स्वीकार गरे सँगै नेपाल र कोरिया बीचको भावनाको दुरी नजिकीदै दुई देशबीचको सम्वन्धमा महत्व पूर्ण भूमिका खेल्ने राजदूत सिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्