सडक दुर्घटनामा परी स्पेनमा एक नेपालीको मृत्यु



दिपेन्द्र गजुरेल, स्पेन । बार्सिलोना नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा एक जना नेपालीको मृत्यु भएको छ ।

स्याङ्जाको विरूवा गाउँपालिका-६ चिन्ने घर भई विगत दश महिनादेखि बार्सिलोना बस्दै आएका २३ वर्षिय पुजन कोईरालाको निधन भएको हो ।

नगरपालिकाको फोहोर बोक्ने मिनि ट्रकले ठक्कर दिँदा कोईरालाको घटनास्थलमै मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनका सल्लाहकार सन्तोष श्रेष्ठले नेपाल समाचारपत्रलाई बताए । कोइराला जर्मन विध्यार्थी भिषामा एक वर्ष अघि आएका थिए।

श्रेष्ठका अनुसार स्पेनमा वैधानिक रूपमा काम गर्ने कागजपत्र नभएको हुँदा रावत्री कालमा गाभो अनलाइन होम डेलिभर सर्भिसको समान पुर्याउन जाने क्रममा कोईरालाको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्