व्यवासायिक वनाउन सिलाई तालिम



बासुदेव शर्मा, जाजरकोट ।
उद्योग गरौ, उद्यमी वनौ भन्ने नाराका साथ शिवालय गाउँपालिकामा घरेलु तथा साना उद्योग विकास समितिले एक महिने सिलाई तालिम संचालन गरेको थियो ।
शिवालय गाउँपालिकाका सवै वडाहरुबाट व्यवसायीक वन्न इच्छुक गरिव (दलित ) तथा व्यवसायी गरी बसेका सवै वडाबाट ९ जनालाई कोट पाईन्ट र सट सिलाई तालिमको आयोजना गरेको हो ।

शिवालय गाउँपालिकाको सहकार्यमा गत वैशाष ११ गते देखि जेठ ११ गते सम्म एक महिने तालिम संचालन गरी एक कार्यक्रमका विच तालिमको समापन गरेको छ ।
घरेलु तथा साना उद्योग विकास समिति जाजरकोटको आयोजनामा संचालन भएको कार्यक्रममा ५ वटा मेशिन लगाएत सिलाईमा आवश्यक पर्ने कपडा, औजारका सामाग्रीहरु वीस प्रतिशत प्रतिक्षार्थिहरुले वेहोर्ने गरी उपलव्ध गराएको थियो ।

घरेलु विकास समितिले प्रशिक्षार्थिहरुलाई सिलाईमा चाहिने सामाग्री मेशिन पाँच जना प्रशिक्षार्थीहरुलाई कार्यालय प्रमुख चेत नाथ घिमिरेले समापन कार्यक्रममा हस्तान्तरण गर्नु भएको थियो ।

सिलाई तालिमको समापनमा आफना भनाईहरु राख्दै तालिमका प्रशिक्षार्थि धनमाया जैसीले छोटो समय भएकोले सिक्ने जति सिक्न नपाएकोले तालिममा सिकेका कुरा विर्सिने भएकाले गाउँपालिकाले थप तालिमको आयोजना गरी पुर्णता दिई दक्ष वनाउन थप तालिम दिनु पर्ने वताउनु भयो ।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, उपाध्यक्ष कुमारी थापाले समापन कार्यक्रमका विच प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको हो । आगामी दिनमा आउने कार्यक्रमहरु गाउपालिकासग समन्वय गरी आए कार्यक्रम प्रभावकारी हुने भएकोले आगामी गाउँ सभामा भन्दा पहिले शिवालय गाउँ पालिकामा कार्यक्रमहरु पेश गरी कार्यक्रम संचालन गर्न आग्रह गर्नु भयो ।

सरकारी तथा गैर सरकारी कार्यालयहरुले शिवालय गाउँपालिकामा ल्याएर आउने कार्यक्रमहरु सानो आकारमा आउने भएकोले सिकाई प्रभावकारी नहुने भएको हुदाँ मानिसलाई व्यवसायीक वनाउने कार्यक्रम संचालन गर्दा सहकार्य गर्न सवैलाई आग्रह गर्नु भयो । नागरिकहरुलाई व्यवसायीक वनाउने कार्यक्रमहरुमा गाउँपालिकाले केहि रकम सहयोग गर्ने गरी सिकाइलार्ई प्रभावकारी वनाई तालिममा समावेश भएका आत्म निर्भर वनाउने लक्ष्य लिएको अध्यक्ष शाही वताउनु भयो ।

सिलाई तालिममा समावेश भएका प्रशिक्षार्थिहरुलाई छोटो अवधिमा सिकेका कुराहरुलाई निरन्तरता दिदै गए गाउँपालिकाले आगामी दिनमा कार्याक्रम संचालन गरी पुर्ण सिलाईमा दक्षता वनाउने वताउनु भयो । गाउँपालिकाका सवै नागरिकहरुले व्यवहारीक सिप सिके पछि आवश्यक सामाग्री उपलव्ध गराउन सक्ने भएकोले फराकिलो सोच वनाएर लाग्न अध्यक्ष शाहीले आग्रह गर्नु भयो ।

घरेलु तथा साना उद्योग विकास समिति जाजरकोटका प्रमुख चेत नाथ घिमिरेले कार्यालयले सिप सिकेका व्यक्तिहरुले घरेलु विकास समितिमा व्यवसायी दर्ता गरी व्यवसाय संचालन गरे कार्यालयले प्रमाण पत्र धितो राखी रु ५ लाख सम्म दिने व्यवस्था भएकोले व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई उपलव्ध गराउने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्