टीकालेल्याइन् गजल



गायिका टीका प्रसाईंको नया गीत गजल तिमी साथ भएपछि हालै सार्वजनिक भएको छ। जसमा सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।

गीत गजलको भिडियोमा पल शाह, आचल शर्मा र गायिका प्रसाईंले अभिनय गरेका छन्। गजलको भिडियोमा अर्जुन अधिकारीको निर्देशन, उत्सव दाहालको छायांकन र राजेश शाहको सम्पादन रहेको छ। भर्सटायल गायिका टीकाको यसअघि पनि विभिन्न क्लासिकल, सेमिक्लासिकल, आधुनिक, फिल्मी तथा डान्सिङ गीतहरू लोकप्रिय हुँदै आएका छन्।

पछिल्लो समयमा उनको माया लुकी लुकी, नाइँ मलाई थाहा छैन, कर्के नजर जस्ता गीतले एकपछि अर्को गर्दै लगातार सफलता हासिल गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्