इन्दिराको वाद्यकलाले संगीतप्रेमी मख्ख



भक्तपुरकी इन्दिरा लाछिमस्युले वाद्यकला प्रस्तुत गरेर संगीतप्रेमीलाई मोहित तुल्याएकी छिन्।

इन्दिराले सांस्कृतिक संस्थानको मासिक शृंखला वाद्य बन्दनाअन्र्तगत जमलस्थित राष्ट्रिय नाचघरमा वाद्यकला प्रस्तुत गरेकी हुन्। सानै उमेरदेखि संगीतकर्ममा रमाउँदै आएकी इन्दिराले आफँमा भएको भरपुर वाद्यकला प्रस्तुत गरेकी हुन्।

नाचघरको खचाखच भरिएको प्रेक्षालयमा इन्दिराद्वारा प्रस्तुत वाद्यकलामा संगीतकर्मीह मोहित भएका थिए। उनले कार्यक्रममा विभिन्न नेपाली तथा नेवारी लोकधुन प्रस्तुत गरेर संगीतप्रेमीलाई मोहित बनाएकी थिइन्। उनी धिमेबाजा बजाउने पहिलो महिलाका रूपमा परिचित थिइन्।

उनीसँगै उनको परिवार नै संगीतकर्ममा छ। नेवारी लोकबाजा बजाएर भक्तपुरकी सान बनेकी इन्दिरा २०५० सालदेखि संगीतकर्ममा सक्रिय रहँदै आएकी छिन्। कार्यक्रममा संस्थानका महाप्रबन्धक राजेश थापाले यस्ता प्रतिभा उत्थान गर्न संस्थान सदैव लागिपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्