दुराचारी करोडपतिलाई जेल सजाय



वासिंगटन (एजेन्सी)
अमेरिकाका एक करोडपतिलाई विमानमा नाबालिकसँग शारीरिक सम्बन्ध राखेको आरोपमा दोषी ठहर्याइएको छ । उनलाई ५ बर्षको सजायँ हुन सक्ने बताइएको छ ।

उनले १५ बर्षिया एक किशोरीसँग सम्बन्ध राख्न निजी विमानलाई अटो पाइलट मोडमा छोडेका थिए । उनी त्यतिबेला ती केटीलाई पाइलटको तालिम दिइरहका थिए । दोषीले १६बर्षका उमेरको उमेरमा उक्त केटीलाई लाईसेन्स दिलाउने प्रतिबद्धता पनि गरेका थिए ।

अदालतले ५३ बर्षिय स्टिफन ब्रेडली मेललाई गत बर्ष डिसेम्बरमा विमानमा अवैध यौन आचरण तथा बाल अस्लिल सामाग्रीमा लिप्त भएकोमा दोषी ठहर्याएको थियो । स्टिफन न्युजसी निवासी हुन् । उनीमाथि सन् २०१७ मा दुई पटक विमानमा नाबालिक किशोरीसँग सम्बन्ध राखेको र त्यसपछि उनलाई गर्भनिरोधक औषधी सेवनका लागि पनि भनेको आरोप लगाइएको थियो ।

स्टिफन एक ब्रोकरेज फर्मका मालिक ३ सन्तानका पिता हुन् । उनले एयर लाइफ लाइन नामको च्यारिटीको सुरु गरेका थिए । यसको माध्यमबाट उनी बच्चाहरुको उपचारका लािग अमेरिकाका फरक फरक सहरमा पुगेका थिए ।
नाबालिककी आमाले स्टिफनले उनकी छोरीलाई विमान उडाउन सिकाउने बताउँदै आफुसँग लगोको आरोप लगाएका छिन् । उनी एक च्यारिटी चलाउँछन र उसले घरमा नै हेलिप्याड बनाएका छन् ।

अमेरिका लगायत विश्वका धेरैजसो देशमा नाबालिकसँगको यौन सम्पर्क सहमतिमै कायम भएपनि अपराध मानिन्छ । यसलाई बलात्कार वा यौन उत्पिडनका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्