लगातार दक्षिण एशियन टोली च्याम्पियन



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपको पाँचौं संस्करणको उपाधि पाकिस्तानले जितेको थियो । सन् १९९२ मा अस्टे«लियामा भएको प्रतियोगिता विश्वकप इतिहासमा नौलो तरिकाले संचालन गरिएको थियो । सहभागि ९ टोलीलाई एक अर्कासँग खेलाएर शीर्ष चार टोली सेमिफाइनलको लागि छनोट भएका थिए । जसमा भाग्यमानी रह्यो इमरान खानको टोली पाकिस्तान ।

समूह चरणमा इंग्ल्यान्ड विरुद्ध लज्जास्पद प्रदर्शन गरेको पाकिस्तानलाई शीर्ष चारमा ल्याउन सोही खेल कारक बनेको थियो । इंग्ल्यान्डविरुद्धको सो खेलमा पाकिस्तान ७४ रनमा अलआउट भएको थियो । तर वर्षा बाधक बन्दा दुबै टोलीले १÷१ अंक जोडेका थिए । यही एक अंकको सहाराले पाकिस्तान शीर्ष चारमा अटियो र त्यसपछि सेमिफाइनल र फाइनल समेत जितेर पाकिस्तानले पहिलो पटक विश्वकप ट्रफी चुम्यो ।

फाइनलमा इंग्ल्यान्ड नै पाकिस्तानको प्रतिद्वन्द्वी परेको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डलाई २ सय ५० रनको लक्ष्य दिएको थियो । यो खेलमा पाकिस्तानले समूह चरणको निरस प्रदर्शन दोहो¥याएन । टोलीका कप्तान इमरानले ७२ रन बनाए भने जावेद मियाँदादले ५८ रनको योगदान दिएका थिए । त्यस्तै इन्जाम उल हकले ४२ रन र वसिम अकरमले ३३ रन थप गर्दा नै पाकिस्तानले चुनौतीपूर्ण योगफल तयार गरेको थियो । जवाफमा इंग्ल्यान्ड २ सय २७ रनमा समेटियो र पाकिस्तानले फाइनल खेल २२ रनले जित्यो । फेरि एकपटक इंग्ल्यान्ड फाइनलमा अभागि सावित भएको थियो ।

यसको चार वर्षपछि श्रीलंका, भारत र पाकिस्तानले संयुक्त रुपमा आईसीसी क्रिकेट विश्वकपको छैटो संस्करण आयोजना गरेका थिए । यसरी तीन राष्ट्रले क्रिकेट विश्वकप आयोजना गरेको यो पहिलो अवसर पनि थियो । प्रतियोगिताको उपाधि सहआयोजक श्रीलंकाले जितेको थियो । साथै आयोजकले जितेको यो पहिलो अवसर हो भने यद्दपि फाइनल खेलको मैदान विजेता टोलीको थिएन ।

फाइनल खेल लाहोरमा भएको थियो । जसमा श्रीलंकाले स्टिभ वागको संतुलित टोली अस्टे«लियालाई ७ विकेटले हराएको थियो । अस्टे«लियाले २ सय ४२ रनको लक्ष्य दिएकोमा श्रीलंकाले ३ विकेट गुमाएर प्राप्त गरेको थियो । श्रीलंकाका लागि अरविन्द डिसिल्भाले १ सय ७ रन बनाउनुका साथै ३ विकेट पनि लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्