टालाटुली हैन सेनेटरी



सेनेटरी प्याड छुई, नछुने, पर सर्ने, मिन्स याने महिनावारी हुने नारीका लागि नभई नहुने सामग्री हो । तर हाम्रो देशाँ यो कुरालाई महत्वका साथ हेरिएको पाइदैँन । सरकारको नीति तथा कार्यक्रममा ल्याएर के गर्नु त्यो गाउँ तहसम्म पुग्दै पुग्दैन ।

पुगे पनि त्यसको कार्यान्वयन हुँदै हुँदैन । यसैले हो कि ८६ प्रतिशत महिला अझै यसको पहुँचबाटै बाहिर रहेको देख्दा धरहरालाई धिक्दार लाग्छ । यसको प्रयोग गर्न नसक्दा घरकै झुत्रे–झाम्रे, पुराना, गलेका कपडाको प्रयोगले नारीहरूको भित्री अङ्कमा संक्रमण पो हुने हो कि भन्ने बडो चिन्ता छ धरहरालाई । त्यो संक्रमण भयो भने के होला सबैको हालत ?

धरहराबाट चियाउँदा दुइटा दोष देखिन्छ ः पहिलो दोष त हाम्रा चेलीहरूकै हो किनकि धेरै उनीहरू सेनेटरी प्याड ल्याऊ भन्नै सक्दैनन् । लाजले काज त टर्दैन नि ! कहिलेकाँही झुत्रे–झाम्रे कपडा नै पाइएन भने प्याडै नलगाउने त ? माग्न सकिएन र पाइएन भन्दै संक्रमण हुनसक्ने टालटुली प्रयोग गरेरै बस्ने त सधैँ । अर्काे दोष सरकारको हो ः जो राष्ट्रको अभिभावक हो मुखले त, तर व्यवहारमा त्यस्तो ठान्दै ठान्दैन् आफूलाई ।

सेनेटरी प्याड दिन्छु भनेपछि जसरी पनि मिलाएर दिनु पर्दैन समयमै ? हुन त धेरै नै सेनेटरी प्याड विदेशबाट ल्याउँदा राष्ट्र टाट पल्टन्छ कि भनेर डराएको हो कि यो सरकार ? कसैलाई थाहै नदियो कुरै खत्तम !

प्रतिक्रिया दिनुहोस्