२ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात



काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको १० महिनासम्ममा पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममो कुल २ खर्ब ६ अर्ब ११ करोड रुपिया“को इन्धन आयात भएको छ । सो अवधिमा मुलुकलाई कुल ११ खर्ब रुपिया“को बराबरको व्यापारघाटा भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा कुल १२ खर्ब ५६ अर्ब ६७ करोड ३५ लाख रुपिया“ बराबरको कुल वैदेशिक व्यापारमा ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख रुपिया“ बराबरको आयात र ७८ अर्ब ५३ करोड ३९ लाख रुपिया“ बराबरको निर्यात भएको छ ।गत वर्षको सोही अवधिमा मुलुकको व्यापारघाटा ९ खर्ब १५ अर्ब रुपिया“ रहेको थियो । चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ खर्ब रुपिया“भन्दा बढीले व्यापारघाटा बढेको देखिन्छ।

बढी आयात हुने वस्तुमा फलाम तथा स्टिलको आयातमा १ खर्ब १७ अर्ब ८७ करोड, मेसिनरी औजारको आयातमा १ खर्ब ५५ करोड, सवारी साधनमा ७७ अर्ब १३ करोड र विद्युतीय सामग्रीमा ७२ अर्ब ८४ करोड रुपिया“को आयात भएको छ ।

त्यसैगरी, बढी निर्याततर्फ वनस्पति घ्यू ८ अर्ब ९७ करोड, कपडा ८ अर्ब २१ करोड, चिया कफी ६ अर्ब ८२ करोड, नेपाली कार्पेट ६ अर्ब ३७ करोड र फलाम तथा स्टिल ५ अर्ब १८ करोड रुपिया“ बराबरको कारोबार भएको छ।

नेपालले बढी आयात गर्ने मुलुकमा भारतबाट ६४ दशमलब ६ प्रतिशत, चीनबाट १४ दशमलब १० प्रतिशत, संयुक्त राज्य अमेरिकाबाट २ दशमलव ५ प्रतिशत, फ्रान्सबाट १ दशमलब ६ प्रतिशत र अन्य मुलुकबाट करिब १७ प्रतिशत आयात गरेको छ।

त्यसैगरी, नेपालले सबैभन्दा बढी भारतमा कूल निर्यातको ६४ दशमलब १ प्रतिशत निर्यात गरेको छ। नेपालबाट बढी वस्तु तथा निर्यात भएका मुलुकहरुमा अमेरिकामा ११ दशमलब ३ प्रतिशत टर्कीमा ३ दशमलब ३ प्रतिशत, जर्मनीमा ३ प्रतिशत र अन्य मुलुकहरुमा १८ प्रतिशत निर्यात भएको छ।

प्रतिक्रिया दिनुहोस्