प्रदेश नम्बर १ ले सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने



नेपाल समाचारपत्र, विराटनगर
प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षमा ४६ अर्ब रुपिया“बराबरकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेटको आकार २५ प्रतिशतले वृद्धि गरी प्रादेशिक बजेट ल्याउने तयारी भइरहेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङम्बोले बताउनुभयो ।

आर्थिक मामिला मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटको सबैभन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ ।

बजेटमा कृषिको आधुनिकरणलाई पनि महŒव दिएको छ । चालू आर्थिक वर्षको बजेटमा पनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमा छुटाइएको थियो । प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक वर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहा“ले संसद्को चौथो अधिवेशन १३ जेठमा बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता संसद्माा पेश गरी बजेटमाथिको छलफल अगाडि बढाइने जानकारी दिनुभयो । ‘बजेटको अंक भन्न मिल्दै,एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हु“दैन, मन्त्री आङ्म्बोले भन्नुभयो–‘चालू आर्थिक वर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिशत बजेटको आकार बढनेछ, बजेटको आकार करिब ४५÷४६ अर्बभित्र समेटिनेछ।’ एहा“ले बजेटको मार्गदर्शन र सिलिङ सबै मन्त्रालयलाईे उपलब्ध गराइसकेको र मन्त्रालयहरुले तय गर्ने बजेटको सिलिङमा कम्तिमा पनि बजेटको ४० प्रतिशत पूर्वधारमा अनिवार्य भनिएको जानकारी दिनुभयो ।

उहा“ले प्रदेशको आवधिक योजना, सरकारले पेश गरेको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजस्व परामर्श समितिले दिएको सुझाव, निजी क्षेत्रले दिएको सुझावसमेत समेटेर बजेटको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहा“ले कुल आकारका हिसाबले बजेटको झन्डै ४० प्रतिशत हिस्सा पूर्वाधारमै भए पनि पूर्वाधार निर्माण आफैंमा विकास नभएर माध्यम मात्र भएको बताउनुभयो । प्रादेशिक बजेटमा सामाजिक सेवा र स्वास्थ्यका निम्ति पनि बजेटको दोस्रो प्राथमिकता छ । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई आकर्षित गर्दै बजेटमा महŒवका साथ समावेश गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री आङ्म्बोका अनुसार लोकप्रियता र महत्वकांक्षाका कार्यक्रमलाई यस पल्टको बजेटमा समेटिने छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले स्थानीय तह र मन्त्रालयलाई पनि बजेटको तयारी गर्दा कम्तिमा ३७ प्रतिशत बजेट पूर्वाधारमा समेट्न भनिएको जानकारी दिनुभयो । मन्त्रालयले बजेटको तयारीलाई तीव्रता दिएको छ, प्रवक्ता पौडेलले भन्नुभयो–‘मन्त्रालयबाट आएका योजनालाई अहिले समष्टिगत रुपमा इन्ट्री गर्ने काम भइरहेको छ।’ उहा“ले चालू आर्थिक वर्षमा विषेश अनुदान र समपुरक अनुदानमा पनि केही रकम छुटाउने जानकारी दिनुभयो । चालू आर्थिक वर्षको बजेटमा समपुरक र विषेश अनुदान शीर्षकमा बजेट प्रदेश सरकारले छुटाएको थिएन । प्रदेश सरकारले चालू आर्थिक वर्षमा सशर्त अनुदानमा २ अर्ब रुपिया“ छुटाएको थियो ।

चालू आवमा संघीय सरकारले १३ अर्ब २७ करोड सशर्त अनुदान दिएको थियो। वित्त हस्तान्तरणमा ५ अर्ब रुपिया“ छुटाइएको थियो । चालू आर्थिक वर्षको बजेट ३५ अर्ब ३९ करोड ६० लाखको रहेको थियो । यसमा १८ अर्ब पू“जीगत खर्चका लागि छुट्याइएको छ। यसमध्ये हालसम्म २२ प्रतिशत खर्च भएको छ ।जसमा प्रदेश सरकारले असार मसान्तसम्म ६० प्रतिशत पुग्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्