नेकपाका सांसद सत्रुधन महतो निलम्बित



काठमाडौँ ।
प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतोलाई नेकपाको संसदीय बोर्डले १५ दिनका लागि निलम्बन गरेको छ ।

नेकपा संसदीय बोर्डले आधिकारीक उम्मेदवार भरत साहलाई छनौट गरिसक्दा पनि सार्वजनिक लेखा समितिको संयोजक पदका लागि बागी उम्मेदवारी दर्ता गरेर अनुशासन उल्लंघन गरेकाले निलम्बन गरेको हो ।

प्रदेश सांसद महतोले नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर विद्रोह गरेको र अनुशासनहीनताको कार्य गरेकाले संसद पदबाट निलम्बन गरिएको स्रोतले जनाएको छ ।

गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्नका लागि सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्