काकाकुल झै बनेका तानसेनवासीमा आशाको किरण



कविराज नेपाल, पाल्पा ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनको वडा नं २ वडिज्ञानटोलमा गएको आइतवार साँझपख धाराबाट पानी आएको थियो । सातदिन वितिसक्यो शनिवारसम्म यहाका वासिन्दाले एकथोपो पानी पनि धाराबाट पाउन सकेका छैनन । जिल्ला सदरमुकाम तानसेनको वडिज्ञानटोलको मात्रै समस्या यो होइन । यहाका पुरानो वजार भनिने अधिकांश टोलमा यस्तै समस्या छ ।

सरसफाइ र अरु कामको त कुरै छोडौं पिउनकालागि पनि पानीको समस्या यहाका वासिन्दिाले वर्षाैँदेखि भोगिआएको आम समस्या हो । त्यसैले वाहिरी जिल्लामा पनि खासगरी पर्यटककालागि पाल्पामा पानी नै छैन भन्ने भान परिसकेको छ जसका कारण यहाको हुर्कर्दोे पर्यटन व्यवसाय पनि मारमा परेका छ ।

लामो समयको खडेरी र वेलावखतको विद्युतमा आउने गडवडीस्ाँगै यहा खानेपानीको हाहाकार भएको होे । गर्मीयाम लागेसँगै यहाँका मुहानहरू समेत सुक्दै जानु र विद्युतमा निर्भर खानेपानी आप्ुर्तिमा विद्युत वाधक वनेपछि थोपाथोपा पानीका लागि यहाका वासिन्दा पिरोलिनु परेको छ ।

यहाका घरहरुमा जडित धाराबाट पानी नपाए पछि ढुगेधाराहरु नारायणस्थान, तिनधारा,होलाङ्दी,सिधुरे, धरमपानी लगायतका ठाउमा कपडा धुन, नुहाउन र खानेपानी थाप्नका लागि मानिसको भिड लाग्ने गरेको छ । यि धारामा पनि पानीको स्रोत सुक्दै जानथालेपछि मानिसहरु थप समस्यामा छन ।

वर्षौदेखि यहा वस्दै आएका जर्नादन पोखरेलले अरु किसिमले त पाल्पा जिल्ला सदरमुकाम ठिकै भए पनि पानीका कारणले वस्नै नपरे हुन्थ्यो जस्तो लाग्न थालिसेको गुनासो गर्नुभयो ।

’पानीका कारण सवैभन्दा वढी समस्या यहा भाडातिरेर वस्नेहरु खासगरी विद्यार्थी र कर्मचारीहरुले समस्या भोग्नु परेको छ । भाडामा वस्नेलाई भाडाघरबेटीले पानी दिन दुःख मान्छन् । घण्टौँ लाईनमा बसेर पानी ल्याएर खानुपर्छ ।’ यहाका एक विद्यार्थी दिनेश अर्यालको भनाइमा –‘क्याम्पस जाँदा पनि पढाइको भन्दा आज धारामा पानी आयो कि पानी थाप्न भ्याइन भने के गर्ने होला भन्ने चिन्ता हुन्छ ।

’तानसेनमा प्रयाप्त मात्रामा खानेपानीको व्यवस्थापन हुन नसक्दा दैनिक रुपमा ठूलो परिणाममा ट्याङ्करबाट ढुवानी गरि पानीको व्यवस्थापन गरिदै आएको छ । खासगरी होटल व्यवसायी र निर्माण गर्ने तथा घरघरमा पनि ट्याङ्करबाट पानीको व्यवस्थापन हुने गर्छ ।

तानसेनमा अहिले दैनिक २५ लाख लिटर खानेपानीको माग छ तर तर आपुर्ति भने मागको एक तिहाइ भन्दा पनि कम छ अर्थात दैनिक ७ लाख लिटरमात्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ । तानसेनमा भुल्के, सिस्ने, होलाङ्दी र तीनधारा पम्पिङ्ग प्रणाली आयोजना मार्फत् खानेपानीको आपूर्ती गरिँदै आएको छ । यि सवै आयोजनाहरु विद्युतीय प्रणालीमा आधारित छन जसको कारण विद्युतमा गडवडि आउने वित्तिकै यहाको वितरण प्रणाली र समयतालिकामा प्रत्यक्ष असर पुगिहाल्छ ।

आशाको किरणः
खानेपानीका लागि निकै ठूलो कष्ट झेलिरहेका सदरमुकाम तानसेन बासीले आउदो असारको अन्त्यसम्ममा खानेपानीको समस्याबाट मुक्त हुने आशा गरेका छन् । निर्माणधिन कालीगण्डकी तानसेन (वृहत पम्पीङ) खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएमा तानसेनमा खानेपानीको समस्या हट्ने आशा गरिएको छ । १५ महिनामा सम्पन्न गर्ने गरि २०७४ सालको जेठमा ठेक्का सम्झौता भएको आयोजना प्राविधिक कारणले मंसिरमा सम्पन्न हुन सकेको थिएन ।

तानसेन नगरवासीलाई आवश्यकता अनुरुप खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित योजनाको हालसम्म करिव ८५ प्रतिशत कार्य पुरा भएको र यसै आर्र्थिक वर्षमा योजना सम्पन्न हुने योजनाका प्राविधिक उत्सव पोखरेलले बताउनु भयो । उनका अनुसार २५ करोड ३० लाख रुपैयाको लागतमा तानसेन देखि ११ किलोमिटर टाढाबाट ६ वटा स्टेशनमा ५ वटा लिफ्टीङबाट पानी ल्याउने तैयारी भएको छ । हालसम्म विद्युत लाइन विस्तारको काम ९५ प्रतिशत , मुख्य पाइप लाइन विस्तार ८० प्रतिशत, र सिविल संरचना निर्माणका कार्य ८० प्रतिशत सम्पन्न भएको प्राविधिक तथा आयोजनाका सुचना अधिकारी पोखरेलको भनाइ छ ।

तानसेन खानेपानी उपभोक्ता समितीका अध्यक्ष चकोरमान शाक्यका अनुसार यस योजनाबाट २० वर्षका सम्मका लागी पर्याप्त मात्रामा खानेपानीको आपूर्ति हुनेछ । यस आयोजना सम्पन्न भए पश्चात २० वर्ष सम्म का लागि प्रर्याप्त मात्रामा खानेपानी व्यवस्थापन हुने उपभोक्ता समितीले जनाएको छ ।

नेपालमै सबै भन्दा महङ्गो खानेपानीको उपभोग गरिरहेका नगरबासी यस योजना वौघा पोखराथोक सम्म लिफ्टीङ्ग र त्यसबाट ग्राभिटी माध्यमबाट पानी ल्याइने छ । त्यसका लागी टंकी निर्माणको कार्य सम्पन्न भइसकेको छ । तानसेनमा यस योजनाबाट दैनिक २४ लाख लिटर सम्म पानी भित्रिने बताइएको छ ।

यस योजनाका लागी ३३ के.भि विद्युत लाइनको काम, ठाउँ ठाउँमा टंकीको निर्माणका कार्यपनि पूुराहुने अवस्थामा पुगेको छ । यो योजना सम्पन्न भएपछि सर्वसाधरणदेखि होटल व्यवसायीसम्मले राहतको महसुस हुनेछ । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ को भनाइ छ । तानसेनको पर्यटन पर्यटन विकासमा थप सहयोग पुग्नेछ । तानसेनको विकासका लागी ढोका खोलिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्