कालिसिद्धी गणका प्रमुख सेनानी जेल चलान



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई आर्थिक अनियमिततामा बर्खास्त गरिएको छ । जनरल समरी सैनिक अदालतले कार्कीलाई आर्थिक अनियमिततामा दोषी ठहर गरेको हो ।

उनलाई तीन महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन पनि आदेश दिइएको छ ।

जनरल समरी सैनिक अदालतको आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको छ ।

कार्कीमाथि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको अभियोग लागेको छ । यो विषयमा वैशाख पहिलो साता उजुरी परेपछि जुरीपछि ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरिएको थियो ।

छानविनका क्रममा उनको कैफियत देखिएपछि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्