भिरबाट लडेर एक किशोरीको मृत्यु



धनवीर दाहाल,रुकुम
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।

भिरमा घास काट्ने क्रममा १८ बर्षिय किशोरी बिमला केसीको सनिबार भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा सनिबार बिहान ८ वजे भिरबाट लडेर मृत्यु भएको केसीका परिवारले जनाएका छन ।

मृतक केसी भिरबाट करिव ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भिरबाट लडेको अवस्थामा भेटेको बताईको छ ।।

प्रतिक्रिया दिनुहोस्