किशोरहरूमा सामाजिक सञ्जालको नकारात्मक असर



लन्डन, (एजेन्सी)
हालै संयुक्त अधिराज्यमा १२ हजार जना किशोरकिशोरीमाथि गरिएको अध्ययनमा तिनीहरूको जीवनमा सामाजिक सञ्जालको प्रभावबाट अत्यन्तै न्यून सन्तुष्टि र खुशी मिल्ने गरेको तथ्य पत्ता लागेको छ।

युनिभर्सिटी अफ अक्सफोर्डको एक टोलीले गरेको अनुसन्धानमा तिनीहरूको जीवनशैलीमा परिवार, साथीभाइ र विद्यालय जीवनले बरु निकै ठूलो सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ। यस अनुसन्धान टोलीले विगतको तुलनामा यस पछिल्लो अध्ययन निकै गहन र भरपर्दो रहेको दाबी गरेको छ।

साथै यस टोलीले युवाहरूको जीवनमा प्रविधिले के–कति असर पार्दछ भन्नेबारे थप जानकारी हासिल गर्न मानिसहरूले कसरी सामाजिक सञ्जाल प्रयोग गर्छन् भन्ने तथ्यांक पठाउन आ≈वान गरेको छ।
औसतभन्दा बढी परिमाणमा सामाजिक सञ्जालमा व्यस्त रहने किशोरहरूको जीवन कम सन्तुष्ट छ वा जीवनमा कम सन्तुष्टहरूले बढी मात्रामा यो सञ्जाल चलाउँछन् भन्ने प्रश्नको उत्तर पाउनका लागि गरिएको अध्ययनकोे प्रतिवेदन जर्नल एएनएएसमा प्रकाशित गरिएको छ।

यस सम्बन्धमा विगतमा गरिएको अनुसन्धानमा स्क्रिन, प्रविधि र बालबालिकाको मानसिक स्वास्थमा विषमता पाइने गरेको थियो। तर युनिभर्सिटी अफ अक्सफोर्डको अक्सफोर्ड इन्टरनेट इन्सिटिच्युटका प्राध्यापकद्वय एन्ड्रयु प्रिविल्स्की र एमी ओर्वनले यस्तो अध्ययन प्रायशः सीमित प्रमाणमा आधारित हुने भएकाले वास्तविक तथ्य भेटाउन कठिन हुने प्रतिक्रिया दिएका छन्। सन् २००९ देखि २०१७ सम्म गरिएको यस अध्ययनमा १५ देखि १७ वर्ष उमेरका किशोर किशोरीलाई सहभागी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्