जगदम्बा मोटर्सद्वारा स्कुटर हस्तान्तरण



काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलहरु को नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले ‘चान्स टु वीन थ्रु क्लिक’ नामक अभियान अन्र्तगत पोखराकी लक्ष्मी पोखरेल लाई ईस्कुटर प्रदान गरेको छ ।

उनलाई जगदम्बा मोटर्स प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरे । जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले ‘चान्स टु वीन थ्रु क्लिक’ नामक अभियान सार्वजनिक गरेको सो अभियान अन्र्तगत ग्राहकहरुले ‘लभ ऐट फस्ट राईड’ स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्