आफ्नै पार्टीका नेताहरुले घात गरेको भन्दै थेरेसा मेद्वारा रुँदै राजीनामा घोषणा (भिडियोसहित)



एजेन्सी, बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिने घोषणा गरेकी छिन्।

युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा उनले अगाडी सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न बाध्य भएको बुझिएको छ ।

डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरेकी मेले बेलायती राजनीतिमा धेरै खराबी भएको भन्दै देशमा धेरै राम्रो कुरा रहेकोमा भने आफूलाई गौरव महसुस भएको बताइन्।

राजीनामा घोषणासँगै जुन ७ मा मे प्रधानमन्त्री पदबाट हट्ने बताइएको छ।

रुँदै राजीनामा दिएकी मेले ब्रेक्जिटलाई टुंग्याउन आफू असफल रहेकोमा भने दुःव्यक्त गरेकी छिन्। उनले प्रधानमन्त्री हुनु आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पल रहेको समेत बताइन्।

भिडियो

प्रतिक्रिया दिनुहोस्