वेस्ट इन्डिजको ह्याट्रिक उपाधिमा भारत बाधक



लन्डन, (एजेन्सी)
आईसीसी क्रिकेट विश्वकपको तेस्रो संस्करण सन् १९८३ मा इंग्ल्यान्डमै सम्पन्न भएको थियो। सो विश्वकपका प्रबल उपाधि दावेदारीमा वेस्ट इन्डिज नै रहेको थियो। वेस्ट इन्डिजले अघिल्ला दुई विश्वकप जितेर उपाधिमाथिह्याट्रिक गर्ने सबैको अनुमान थियो। तर त्यसो भएन। ३५ वर्षअघि भएको सो विश्वकपमा अनुमान सबै गलत साबित भयो, जब अपत्यारिलो ढंगले भारत विश्व विजेता बन्यो। 
 
भारतले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई फाइनलमा ४३ रनले हराएको थियो।
यो विश्वकपबाट कपिलदेव निकै चर्चित बनेका थिए। उनले भारतको नेतृत्व गरेर क्रिकेट विश्वकपको उपाधि दिलाएका थिए। समूह ‘बी’मा भारतले ६ खेलमध्ये ४ मा जित हात पारेको थियो। भारतले सेमिफाइनलमा आयोजक टोली इंग्ल्यान्डलाई पनि माथ खुवाएको थियो।
 
फाइनलमा भारतको बलिङ नै घातक भएको थियो। जबकि भारतले १ सय ८० रन मात्रै बनाएको थियो। यति सजिलो लक्ष्य भेटाउन सकिने अनुमान थियो सबैको। वेस्ट इन्डिज पनि यो कम रनको लक्ष्य भेटाउनेमा विश्वस्त थियो। तर भारतीय बलरले चमत्कार गरिदिँदा वेस्ट इन्डिज १ सय ४० रनमै समेटिएको थियो। विश्वकपमा वेस्ट इन्डिजको यो पहिलो हार थियो। यहाँपछि वेस्ट इन्डिजले अहिलेसम्म विश्वकप ट्रफी जित्न सकेको छैन। भारतलाई जित दिलाउन मोहिन्दर अमरनाथ र मदन लालले ३÷३ विकेट लिएका थिए। त्यस्तै प्रतियोगिताभरि सर्वाधिक विकेट भारतकै बलरले लिएका थिए। भारतीय मिडियम पेसर रोजर बिन्नीले १८ विकेट बटुलेका थिए।
 
त्यस्तै कपिलदेवले जिम्बावेविरुद्ध ऐतिहासिक शतक पनि प्रहार गरेका थिए। उनको नटआउट १ सय ७५ रन त्यतिबेला विश्वकपमा उच्चतम व्यक्तिगत रन थियो। उनी क्रिजमा आउँदा भारत ४ विकेट गुमाएर ९ रनमा थियो। छिट्टै १७ रनमा थप विकेट गुमाएको अवस्था थियो। तर कपिलले आफ्नै बलले टोलीलाई उकासेका थिए। उनले १ सय ३८ बलको सामना गर्दै १६ चौका र ६ छक्का प्रहार गरेका थिए।
यसै विश्वकपमा वेस्ट इन्डिजका पेसम्यान विन्सटन डेभिसले अस्टे«लियाविरुद्ध ५१ रन खर्चेर ७ विकेट लिए। त्यतिबेला उनी एकदिवसीय अन्तर्राष्ट्रिय वानडेमा सात विकेट लिने पहिलो बलर पनि बनेका थिए। उनकै सहयोगले वेस्ट इन्डिजले अस्टे«लियालाई १ सय १ रनले हराउन सफल भएको थियो। 
 
यो कीर्तिमान २० वर्षसम्म सुरक्षित भएको थियो। सन् २००३ को विश्वकपमा अस्टे«लियाका ग्लेन म्याकग्राथले नामिबियाविरुद्ध १५ रन दिएर ७ विकेट लिई पेसम्यानको कीर्तिमानलाई सुधार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्