त्रिशुलीमा ट्रक खस्यो



चितवन । भारतीय मिनी ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रक त्रिशुलीमा खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी३२एलएन ३८७० नम्बरको भारतीय मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले सडकबाट करिब २० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउ घर भएका ३५ वर्षीय महमद हसन र सहचालक सहीर अली घाइते भएको बताए ।

उनीहरुमध्ये चालक हसनको अवस्था गम्भीर रहेको छ भने सहचालकको अवस्था सामान्य रहेको रग्मीले बताP । दुवै जना घाइतेको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटना भरतपुर महानगरपालिका– २९ मा पर्ने दासढुंगा नजिकैको भएको छ ।
आँप बोकेर काण्ठमाडौंका लागि हिँडेको मिनी ट्रक अनियन्त्रीत भइ शुक्रबार बिहान त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्