गुडिरहेको जिपबाट हाम फाल्दा एकको मृत्यु



काठमाडाैं । बैतडीमा गुडिरहेको जिपबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोलीको बाटोमै मृत्यु भएपछि जिप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्