२५ वर्षपछि सिक्किममा ढल्यो चाम्लिङ सरकार



एजेन्सी ।  भारतको हिमाली राज्य सिक्किममा २५ वर्ष लामो शासन गरेका पवनकुमार चाम्लिङको सरकारले हार व्यहोरेको छ।

उनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको हो।

एजेन्सी । मतगणना अनुसार उनको पार्टीलाई चुनौती दिएको पहिलाका आफ्नै सहकर्मी पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १८ सिटमा विजय हासिल गरेको छ।

पवन चाम्लिङ २५ वर्षपछि सत्ता बाहिर निस्किने भएका छन् । ३२ विधान सभा सिट रहेको सिक्किममा मोर्चाले सरकार बनाउन स्पस्ट बहुमत प्राप्त गरेको छ।

पवन चाम्लिङले लामो समय मुख्यमन्त्री भएको रेकर्ड बनाएका थिए ।

सरकार बनाउन आफ्नो पार्टीलाई बहुमत प्राप्त भएपछि सिक्किम क्रान्तिकारी मोर्चाका कार्यवाहक अध्यक्ष कुंगा निमा लेप्चाले बिहीबार राति पत्रकारहरुसँग भने, ‘हामी अत्यन्तै उत्साहित भएका छौँ। सिक्किममा परिवर्तन चाहने पक्षधरहरु सबैको विजय हो।’

बिहीबार राति चुनावको नतिजा आएसँगै त्यहाँका नेपालीभाषी सर्वसाधारण सडकमा निस्केर पटका पडकाउन थालेका छन् । संसदीय दलको नेता छानेर राज्यपालकहाँ पुगेपछि नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्