गरिमा बैंक र महालक्ष्मी लाईफबीच सम्झौता



काठमाडौं(नेस)
गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोह बीच सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार गरिमा विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना,डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गत वर्ष माघ २७ गतेबाट कारोबार प्रारम्भ गरी पूर्व मेची देखि पश्चिम महाकाली सम्म २७ वटा शाखा तथा उपशाखा कार्यालयबाट कारोबार प्रारम्भ गरिसकेको छ।

सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्