नेपाली समुदायले भेटे पोर्चुगलका राष्ट्रपतिलाई



दीपेन्द्र गजुरेल
म्याड्रिड । युरोपेली मुलुक पोर्चुगलमा बिभिन्न ब्यवसायमा संलग्न रहेका नेपालीहरुले त्यहांका राष्ट्रपति मार्सेलो रेबेलो दि सोउजासँग भेटेका छन ।
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष कुवेर कार्कीको पहलमा पोर्चुगलमा रहेका नेपाली समुदायको एक प्रतिनिधी मण्डलले राष्ट्रपति मार्सेलोसँग उहाँको कार्यकक्ष बेलइ प्यालेसमा भेटवार्ता गरेको थियो ।

पोर्चुगलमा रहेका नेपालीहरुको समस्या लगायतका बिविध बिषयहरुमा राष्ट्रपतिसंग छलफल भएको बैठकमा सहभागी नेपालीहरुले जानकारी दिएका छन । नेपालमा अधिकार सम्पन्न पोर्चुगिज कुटनैतिक नियोगको स्थापना र पोर्चुगलमा नेपाल गार्डेन निर्माण लगायतका बिषयमा प्रतिनिधि मण्डलले राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । नेपाली प्रतिनिधि मण्डलले राखेको जिज्ञासाको उत्तर दिदै राष्ट्रपति मार्सेलाले परराष्ट्र मन्त्रालय र नेपाल गार्डेनको लागि स्थानीय नगर प्रमुखसँग वार्ता गरि सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

पोर्चुगलका राष्ट्र प्रमुख संग नेपाली समुदायको (गैर कुटनैतिक) पहिलो भेट थियो । भेटमा एनआरएनए अध्यक्ष कुबेर कार्की , नरेन्द्र हमाल, रमेश कुमार गुरुङ,बिनोद घिमिरे, गोबिन्द पौडेल, योगेन्द्रमिलन छन्त्याल र देव पुन सम्मिलित थिए ।

नेपाली समुदायको भेटघाट नितान्त नेपाली समुदाय का विविध समस्याहरुलाइ के कसरी सहज बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको पुर्व प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलले बताउनुभएको ।

प्रतिक्रिया दिनुहोस्