नरेन्द्र मोदीले हटाए आफ्नो नामको अगाडिबाट चौकिदार



भारत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा नाम अगाडि राखिएको चौकिदार शब्द हटाएका छन् । मोदी आफैँले ट्वीटर गरेर चौकिदार शब्द हटाएको जानकारी दिएका हुन् ।

मोदीले चौकीदार शब्द आफ्नो ट्वीटर नामबाट हटेको तर सधैं सो शब्द आफूभित्र महत्वपूर्ण अंगका रुपमा रहिरहने भन्दै अन्य सबैलाई पनि यस्तै गर्न आग्रह गरेका छन् ।

मोदीले ट्वीटरमा चौकिदार शब्दलाई आफ्नो अभिन्न अंगको रुपमा व्याख्या गरेका छन् । मत गणना भईरहेको लोकसभा चुनावमा उनले नामको अगाडि प्रयोग गरेको चौकिदार शब्दले निकै छाएको थियो । प्रतिपक्षीहरूले देशलाई प्रधानमन्त्री चाहिएको तर्क गरेका थिए।

अहिले मत गणना चलिरहेको लोकसभा चुनावमा भारत जनता पार्टी(भाजपा) बम्पर जितका लागि बढिरहेको छ। अहिलेसम्म एनडीए गठबन्धन ३४९ सीटमा अगाडि छ।

नरेन्द्र मोदीकाे ट्वीट यस्ताे छः

प्रतिक्रिया दिनुहोस्