राष्ट्रपतिद्धारा सुरक्षित सेवा गृहको उद्घादन हुँदै



काठमाडौँ ।
काठमाडौँको बुढानिलकण्ठमा छहारी भवन अर्थात सूरक्षित सेवा गृहको आउँदो शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुहुने भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूहको २५औँ रजत जयन्तीको समारोहका अवुसर पारि सो गृह उद्घाटन गरि सञ्चालनमा आउन लागेको हो ।

यस्तै आईतवार भने एकल महिला समूहकै प्राङ्गनमा सो समूहद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनीको पनि आयोजना गरिएको छ । देशभरका २ हजार ५ सय ५० वडाका एक लाख एकल महिलाहरु आवद्ध उक्त संस्थाले २५ वर्षको कार्यकालको खुशीयालीलाई उत्सवको रुपमा मनाउन लागेको हो ।

दुई दिन सम्म सञ्चालन हुने सो कार्यक्रम राष्ट्रपति भण्डारीककै प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । कार्यक्रममा ७७ वटै जिल्लाका एकल महिलाहरुको सहभागिता रहने जनाईएको छ ।

उक्त कार्यक्रममा एकल महिलाको फोटो प्रदर्शनी, स्वास्थ्य शिविरलगायत विभिन्न समूहहरुद्धारा उत्पादित सामाग्रीहरुको विक्री कक्ष राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्