स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ



काठमाडौँ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ८ गते १९÷३० बजे काठमाडौँ– ३१ स्थित सडक खण्डमा बा१४च ९५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा भक्तपुर जगाती बस्ने ५० वर्षिय राजभाई सञ्जु र सिनामंगल बस्ने झापाका ३३ वर्षिय अभिषेक सावाको साथबाट स्रोत नखुलेको नगद ३१ लाख बरामद गरेको छ ।

उनीहरूलाई अनुसन्धानको लागि नगद सहित राजश्व अनुसन्धान विभागमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्