कुखुरा पालन व्यवसायीबाट आत्मनिर्भर बन्दै एकल महिला



बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट भेरी नगरपालिका ४ मा कुखुरा पालन फर्म संचालन भएको छ । आय आर्जनमा बृद्धि गरी आत्म निर्भर बन्नका लागि एकल महिलाले कुखुरा पालन फर्म दर्ता गरी व्यवसायी शुरु गर्नु भएको छ ।

भेरी नगरपालिकाबाट प्राप्त गरेको एक लाख रुपैयाले कुखुराको खोर निर्माण गरी भेरी नगरापालिका ४ जाजरकोटको सदरमुकाम खलंगामा एकल महिला योगमाया कार्कीले भेरी नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिमा मिलन मेलिना कुखुरा पालन फर्म दर्ता गरी कुखुरा पालन व्यवसायी संचालन गर्नु भएको छ ।

थोरै लगानीबाट २०७३ साल देखि कुखुरा पालन व्यवसायी संचालन गर्दै आएकी योगमाया कार्कीले व्यवसायीबाट राम्रो आम्दानी हुने देखे पछि एकल महिलाले गर्न सक्ने पेशा कुखुरा पालन भएकोले अण्डा दिने लेस कुखुराको व्यवसायी शुरु गर्नु भएको छ । आर्थिक वर्ष मा भेरी नगरपालिका, घरेलु तथा साना उद्योग विकास समितिमा फर्म दर्ता गरी आफनै जग्गामा कुखुराको खोर निर्माण गरी तिस सय कुखुरा पालनको व्यवसायी गर्नु भएको छ । तिस सय कुखुराले प्रति दिन दुई सय पचाँस वटा अण्डा दिएका छन, प्रति अण्डा ११ रुपैयामा विक्रि गरेको वताउनु भयो ।

एकल महिलाले गर्न सक्ने सजिलो पेशा कुखुरा पालन भएको हुदाँ उक्त पेशा संचालन गरेकी छु उहाँले भन्नु भयो । हिजो आज उहाँ विहान देखि बेलुका सम्म व्यवसायीमै व्यस्त देखिनु भएको छ । कुखुरालाई खाना पानी नियमित दिने गर्नु पर्ने हेरचाह गर्नु भर्ने भएकोले सवै समय व्यवसायीमा विताउने गरेकी छु भन्नु भयो ।

प्रतिदिन दुई हजार सात सय पचास अण्डा विक्रि वितरण गरेको विक्रि वितरण गर्न समस्या नभएको ग्राहकले घरबाटै आएर लिने गरेको छन । ताजा अण्डा उत्पादन हुने भएकोले ग्राहकको संख्या बढेको हुदाँ माग अनुसार अण्डा पुरायउन नसकेकोले छिटै कुखुरा वढाउने वताउनु भयो ।

उहाँले केहि दिन भित्रै दुई सय कुखुरा थपेर पाँच सय पुरयाउने लक्ष्य लिएको वताउदै आफुले संचालन गरेको पेशा प्रति सन्तोष रहेको वताउनु भयो । विगतका दिनमा कुनै पनि पेशा नभएकोले विहान वेलुका छाक टार्न पनी समय हुने गरेको थियो अहिले व्यवसायी संचालन गरि सकेपछि मासिक तेतिस हजार वरावर आन्दानी गरेर आत्म निर्भर वनेको वताउनु भयो ।

व्यवसायी संचालन गरेकी कार्की हिजो आज निकै व्यस्त देखिनु भएको छ आफुले संचालन गरेको पेशा प्रति निकै खुसी र सन्तोष भएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्