एकीकृत बस्ती भए विकास छिटो हुन्छः राष्ट्रपति



लिला सुनुवार, ओखल्ढुङ्गा ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले पहाडी क्षेत्रमा कम खर्चमा छिटो विकास गर्न एकीकृत बस्तीको अवधारणा ल्याउनु पर्ने बताउनु भएको छ । युगकवी सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीको अवसरमा बुधवार सिद्धिचरण नगरपालिका ओखल्ढुङ्गाले आयोजना गरेको युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण र स्रस्टापार्कको उत्घाटन कार्यक्रममा सम्वोधन गर्ने क्रममा उत्त कुरा बताउनु भएको हो ।

एकीकृत बस्ती भएमा कम खर्चमा सबै सेवाहरु एकै ठाउँमा उपलब्ध गराउन सकिन्छ समबन्धित निकायले चाडो प्रकृया अगाडी बढाउनुस राष्ट्रपतिले निर्देशन दिनु भयो ।

राष्ट्रपति भण्डारीले ओखल्ढुङ्गामा रहेको अधिक जलस्रोतको सदुपयोग भएमा ओखल्ढुङ्गाको मात्रै नभएर समग्र देशको विकासमा टेवा पुग्ने बताउनुभयो । विकास निर्माण र देशको आर्थिक बृद्धिका लागि विद्युत अपरिहार्य भएकोले जिल्लामा अवस्थित दुधकोशी र लिखु नदिमा निर्माणधिन अवस्थामा रहेको विद्युत गृहको काम चाडो सकाएर देश विकासमा सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सम्बोधनकै क्रममा राष्ट्रपति भण्डारीले पर्यटन देशको आर्थिक मेरुदण्डको रुपमा रहेको र विमानस्थल बिना पर्यटन विकासको सम्भावना नरहेकोले करिब १ वर्ष देखि उडान ठप्प रहेको रुमजाटार विमानस्थल र निर्माणधिन अवस्थामा रहेको खिजी विमानस्थल चाडो सुचारु गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले युगकवि सिद्धिचरणको प्रशंसा गर्दै उहाँको कविताले त्येतीखेर देश परिवर्तनको लागि अहम भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्