ओलीको परिवारद्धारा सहयोगको याचना



धनवीर दाहाल, रुकुम ।
क्यान्सरबाट ग्रसित रुकुमका एक युवाको परिवारले सहयोगको याचना गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा नं ७ फुक्रु निबासी धर्मबहादुर ओलीलाई क्यासन्सर भएपछि उपचारमा सहयोग गरिदिन उहाँको परिवारले आग्रह गरेको हो । काठमान्ठौको नेपाल क्यान्सर हस्पीटल एण्ड रिसर्च सेन्टरमा ओलीको उपचार भइरहेको छ ।

उपचारमा आर्थिक स्रोत जुटाउन समस्या भएको ओलीकी पत्नी आसा रोका (ओली)ले बताउनुभयो । आसाले भन्नुभयो “उहाँ अस्पतालको शैयामा हुनुहुन्छ । आर्थिक अभाव भएको छ मेरो श्रीमानको ज्यान बचाइदिनहुन हुन सबैलाई अनुरोध गर्दछु ।”

सहयोग गर्न चाहनेहरुले धर्मबहादुर ओलीकी श्रीमती आसाको मोवाइल नं ९८४७९९९४८६ र ९८४७९८२३१७ मा सम्पर्क समेत गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्