माग पूरा नभए मन्त्रालयमै अनसन बस्ने नर्सहरुको चेतावनी



काठमाडौं ।
पोखराकी नर्स जिता बरालको माग सम्वोधनका लागि दबाब दिन उनका सर्मथकले रिले अनसन सुरु गरेका छन्।

नर्सहरुका विभिन्न माग राखी अनसन बसेको १४औं दिन पुग्दासम्म माग सुनुवाइ नभएपछि जिताका समर्थकहरु बिहीबार ११ बजेदेखि नेपाल नर्सिङ संघमा रिले अनसन बसेका हुन्।

नर्सहरुको हकहितको लागि बराल अनसन बसिरहे पनि नर्सको अभिभावक संस्था नेपाल नर्सिङ संघले माग सुनुवाइ नगरेको भन्दै संघमा रिले अनसन बस्नुपरेको उनीहरुले बताएका छन्।

उता मन्त्रालयले वार्ताको माध्यमबाट आज जिताका माग सम्बोधन गर्ने आश्वसन दिएको छ।

बिहीबार ४ बजे हुने भनिएको वार्तामा जिताका मागको सम्बोधन नभए शुक्रबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिले अनसन बस्ने उनका सर्मथकले चेतावनी दिएका छन्।

बुधबार नै जिता बरालले प्रधानमन्त्री र नेपाल नर्सिङ संघमा आफ्ना माग सम्बोधन गर्न भन्द पत्र पठाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्