भारतीय प्रधानमन्त्री मोदीलाई प्रचण्डको बधाई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीलाई शुभकामना दिनुभएको छ ।

लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि अध्यक्ष प्रचण्डले मोदीलाई ट्वीटरमार्फत बधाई तथा शुभकामना दिनुभएको हो ।

प्रचण्डले ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी लोकसभा निर्वाचन(२०१९) मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले उत्साहजनक नतिजा ल्याएकोमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीलाई बधाई तथा सुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्