विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुट्यो



नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौँको गोकर्णेश्वरकाे अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङको विद्यार्थीको कुटाइबाट आँखा फुटेको छ । विद्यार्थी र अभिभावकको झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापक तामाङको आँखा फुटेको हाे ।

२२ वर्षीय विद्यार्थी छिरिङ तामाङले प्रधानाध्यापक तामाङको देब्रे आँखा फुटाएका छन् ।  अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट भएको गरेका थिए ।

छिरिङ विद्यालयबाट १०/१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्