अधिकांश अमेरिकी इरानसँग युद्ध हुने बताउँछन



वासिंगटन,(एजेन्सी)
झण्डै पचास प्रतिशत अमेरिकीले केहि वर्ष भित्रै संयुक्त राज्य अमेरिकाले इरानसंग युद्ध गर्ने कुरामा विश्वास गरेको रोयटर्स र इप्सोसले मंगलावार प्रकासित गरेको जनमत सर्भेक्षणको परिणाममा उल्लेख गरिएको छ । अहिले अमेरिका र इरानबिच तनाव बढिरहेको अवस्था छ ।

गत वर्षको तुलनामा इरानबाट अमेरिका माथि सुरक्षा खतरा छ भन्ने अमेरिकीहरुको संख्या बढेको बताइएको छ । तर थोरै संखयाामा मात्र इरानी सेनामाथि धमाकेदार आक्रमण गर्ने पक्षमा रहेको देखिँदैन ।

तर मे १७ देखि २० सम्म गरिएको सर्भेक्षणमा यदि इरानले अमेरिकी सेना माथि पहिले आक्रमण गरेको खण्डमा अमेरिकाले अनियन्त्रित तरिकाले ध्वस्तै हुने गरी इरानी फौजलाई जवाफ दिनुपर्ने भन्नेहरु पाँच अमेरिकीमा चारजना रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेमा इरानमाथि आणविक कार्यक्रमलाई लिएर इरानमाथि थप नयाँ आर्थिक नाकावन्दि लगाएपछि यि दुई देशबिच तनाव चर्किएको हो । त्यसैगरी आफ्नो फौज माथि इरानी आक्रमणको खतरा बढेको भन्दै अमेरिकाले खाडी क्षेत्रमा युद्ध पोत र लडाकु विमानहरु तैनाथ गरेको थियो ।

सन् २०१५ मा विशवका छ शक्ति राष्ट्रसंग गरेको आणविक सम्झौता इमानदारिताका साथ पूरा नभएके भन्दै गत वर्ष ट्रम्पले अमेरिका सो सम्झौतताबाट अलगिएको घोषणा गरेका थिए । सा एतिहाससिक समझौतामा अमेरिका , चीन , वेलायत , रसिया , फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका थिए ।

यसरी अमेरिका सम्झौताबाट टाढिएपछि युरोपेली संघले विशेष चासो र चिन्ता व्यक्त गरेको थियो । हालै अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारसंगको कुराकानीमा इरानसंग युद्ध हुनसकने संभावना नरहेको बताएक थिए ।

प्रतिक्रिया दिनुहोस्