इस्लामिक पर्व मनाउने पात्रो विकास



इस्लामाबाद (एजेन्सी)
पाकिस्तानमा इस्लामिक पर्व मनाउन चन्द्रमा हेर्नु पर्ने विवाद अन्त्य गर्ने उद्देस्यले एक क्यालेन्डर तयार गरिएको छ । सरकारका तर्फबाट वैज्ञानिक चन्द्र पात्रो बनाउनका लागि गठित विशेषज्ञको टोलीले यो पात्रो तयार गरिएको हो ।

उक्त नयाँ पात्रो अनुसार यस बर्षको ईद जुन ५ मा हुने छ । विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेपछि फव्वाद चौधरी इस्लामिक पात्रो तयार गर्नका लागि वैज्ञानिक विधिको प्रयोगमा जोड दिइरहेका थिए ।

उनी रुअत–ए–हिलाल कमिटीद्वारा चन्द्रमा हेर्ने चलन अन्त्य होस भन्ने चाहन्छन् । चौधरीले सोमबार नै वैज्ञानिक पात्रो पुरा भएको घोषणा गर्दै त्यसलाई इस्लामिक विचारधारा परिषद (सीआईआई) समक्ष पठाउने जानकारी दिएका थिए । वैज्ञानिक चन्द्र पात्रो अनुसार ईद उल फित्र जुन पाँचमा पर्ने सम्भावना रहेको मन्त्रीले बताए ।

पाकिस्तान सरकारले यसै महिनाको शुरुमा चन्द्रमा हेर्ने विषयमा हुने विवाद अन्त्य गर्न एक वैज्ञानिक समिति गठन गरेको थियो । सरकारको यस कदम प्रति धर्मगुरु उलेमाहरु रिसाएका थिए ।

यो पात्रो अन्तरिक्ष तथा वातारण अनुसन्धान आयोग, अन्तरिक्ष विशेषज्ञ तथा मौसम विज्ञहरुको सहयोगबाट तयार गरेको मन्त्रीले बताए ।

सीआईआई र रुअते हिलाल कमिटीलाई पात्रो हेनै आमन्त्रण गरिएको पनि उनले बताए । उनीहरुले यसको संकलनमा गरिएको कडा मेहनत बुझोस भन्ने चाहेको मन्त्रीले बताए । यो क्यालेन्डर पाँच बर्षका लागि तयार गरिएको र प्रत्येक पाँच वर्षमा यसको समिक्षा हुने एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्