आफ्नै हेलिकप्टर खसालिए



नयाँदिल्ली (एजेन्सी)
श्रीनगर नजिकै फेब्रुअरी २७ मा एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रष्त भएको मामिलामा एक वरिष्ठ अधिकारीलाई पदबाट हटाइएको छ ।

भारत र पाकिस्तानका जेट एक अर्का विरुद्ध कारवाहीमा सक्रिय रहेको बेला भारतिय वायु सेनाले गल्तीबस आफनै क्षेप्यास्त्र प्रहारबाट उक्त हेलिकप्टर खसालिएको सन्चार माध्यमहरुले जनाएको थियो ।

रुस निर्मित हेलिकप्टर एम आईमा रहेका सबै ६ यात्रीको मृत्यु भएको थियो । यस मामिलामा आपराधिक मुद्दा चलाउने कुरा उठिरहेको बताइएको छ । जाँचमा यस घटनामा कयौं गल्ती गरेको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्