रारा ट्रेल रनको उपाधि बुढालाई



मुगु, (नेस)
नेपाली सेना श्री दल गुल्म राराको आयोजनामा भएको प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधी जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का दुर्गबहादुर बुढाले जितेका छन्।

बुढाले ताल वरिपरी १५ किलो मिटरको दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरि एक लाख नगद पुरस्कार हात पारे। त्यस्तै जुम्ला कनका सुन्दरी–१ का धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नवराज सावत तेस्रो, भिमबहादुर बुढा चौंथो र कनकासुन्दरी–१ का प्रकाश कठायत पाँचौ भए।

उनीहरुले क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगदसँगै प्रमाणपत्र हात पारे। अन्तराष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाली सेनाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्