भुपेन्द्रको उत्कृष्ट प्रदर्शन



काठमाडौं, (नेस)
दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपालका भुपेन्द्र थापाले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएको ६४ केजी तौल समूहको खेलमा उत्कृष्ट खेलेका भुपेन्दले जित भने निकाल्न सकेनन् । भुपेन्द्र इन्डिया ‘डी’का अंकुश डहियासँग ३–२ अंकले पराजित भएका थिए ।

उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागि सबै नेपाली खेलाडी मध्य हालसम्मको उत्कृष्ट प्रदर्शन हो । यस्तै ५२ केजी तौल समुहमा तेजबहादुर देउवा इन्डिया ‘डी’का पीएल प्रसादसँग पराजित भए । उनी युनिनमस नतिजाका आधारमा ५–० अंकले हारेका थिए ।

त्यस्तै आजनै भएको अर्काे खेलमा नेपालकाप्रकाशलिम्बु इन्डिया ‘सी’अंकितसँग पराजितभएका छन् । उनिपनियुनिनमस नतिजाको आधारमा५–०अंकले पराजितभएकाहुन् ।

बुधबार नै भएको खेलमा नेपालकाविकेश लामा इन्डियाका दिनेश दागरसँग पराजितभएका छन् । उनि ५–० अंकले पराजितभएकाहुन् ।

बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामानेपालबाट भागलिएका११ जनाखेलाडीमध्य १० जाना खेलाडी बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्