न्य डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा



काठमाडौं, (नेस)
न्यू डायमण्ड एकेडेमी ’ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग खेलमा न्यू डायमण्डले परोपकार आदर्स माबिलाई २–० को सोझो सेटमा पराजित गर्यो । । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको प्रतियोगितामा पराजित बावजुद परोपकारका. अन्तिम आठमा पुग्ने संभावना जीवितै छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत मंगलबार विजेश्वरी ज्ञान मन्दिरले ज्ञान सुधा एकेडेमीलाई २–० को सेटमा पराजित गर्यो । जितसंगै समूह ’ख’ बाट विजेश्वरीले समूह विजेता र पराजित ज्ञानसुधाले उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाए ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्