देउवाको पेटमा स्वास्थ्य समस्या, उपचारका लागि सिङ्गापुर प्रस्थान



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।

पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिङ्गापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिङ्गापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । पत्नी आरजू राणासहित सिङ्गापुर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्